लुम्बिनी

पुस्तकले बल्ल चिनायो भगवान बुद्धको घर ।



कपिलवस्तु ५ चैत ।सरकारले स्थानीय पाठयक्रम तयार गर्न पालिकाको दायित्व दिएको छ । तर अझै पनी धेरै स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाउन कुनै चासो दिएका छैनन । कपिलवस्तुका १० पालिका मध्ये एक पालिकाले मात्र स्थानीय पाठ्यक्रम तयार गरेको छ । जिल्लामा बाणगंगा नगरपालिकाले मात्र स्थानीय पाठयक्रम निर्माण गरी कार्यान्वयन समेत गरेको छ । बाँकी ९ पालिका भने मुक दर्शक भएर बसेको छ ।

बुद्ध सँग सम्वन्धीत विषयबस्तु र कपिलवस्तु जिल्लालाई चिनाउने गरी ‘कपिलवस्तु र बौद्ध शिक्षा’ बाणगंगा नगरपालिकामा लागु भएको छ । यही पाठयक्रमको कारणले बाणगंगा नगरपालिकाका धेरै बालबालिकाले बल्ल भगवान गौतम बुद्धको घर आफ्रनै जिल्ला कपिलवस्तु हो भन्ने चाल पाएका छन् । 

भगवान गौतम बुद्धको नाम लिने वित्तीकै धेरैले लुम्विनीको नाम सम्भिन्छन । धेरै कमलाई थाहा होला तिलौराकोट , कुदान, सग्रहवा, भन्ने पुरात्विक महत्वका स्थलको बारेमा । भगबान गौतम बुद्धले आफ्नो जिवनको २९ वर्ष विताएको गृह नगरी तिलौराकोट, ७० हजार शाक्यहरुको सामुहिक बधस्थल सग्रहवा, बुद्धले पहिलो पटक ज्ञान दिएको स्थल कुदानको विषयमा बाहिरीलाई त कुरै छाडौ जिल्ला भित्रकालाई समेत कम जानकारी रहेको छ । स्थानीय पाठ्यक्रममा यी प्रसंग जोडिए पछि बाल मावी बैरीयामा कक्षा ७ मा अध्ययनरत अनिता बेल्वासेले बुद्धको गृह नगरी कपिलवस्तु भन्ने थाहा पाएकी थिईन । 

नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा कपिलवस्तुका स्थानीय तहको वारेमा जानकारी, जिल्लाका पुरातात्विक महत्वका सम्पदा, कृषि, पर्यटन, वन र बुद्ध धर्म सँग जोडिएका विषयमा जानकारी दिएको छ । बुद्ध सँग सम्वन्धित विषय बस्तुलाई पाठयक्रममा समावेस गरे पछि जिल्लाका पुरातात्विक महत्वका सम्पदाको विषयमा जानकारी भएको छ । हामी लाई पनी यी विषय वस्तु पढाउन चाख लागेको छ । बाल माध्यमिक विद्यालय शिक्षिका गिता खनालले बताइन ।

स्थानीय सरकारलाई माध्यमिक शिक्षाको जिम्मेवारी दिए पछि बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । यस शैक्षिक सत्र देखी कक्षा ६ र ७ मा लागु भएको छ । आगामी सत्रबाट आधारभूत तहमा लागु हुने गरी थप गरिने बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिम बहादुर जिसीले बताउनु भयो । बाणगंगाले स्थानीय पाठ्यक्रम अन्र्तगत ५० पुर्णाङ्क बुद्ध शिक्षा र ५० पुर्णाङ्कको कम्प्युटर शिक्षा लागु भएको छ । भगवान गौतम बुद्धको गृह नगरी कपिलवस्तु भए पनि विद्यालयमा यस बारे जानकारी नहुँदा जिल्ला नै ओझेलमा परेको छ । अन्य पालिकामा भने अंग्रेजी विषय नै पढाउदै आएका छन् । स्थानिय पाठयक्रम तयार गरी स्थानीय संस्कृती, रहन सहन, भेषभुषा, भाषा लगायतको विषय वस्तु समेटनु पर्ने जरुरी देखिन्छ । 

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६