प्रदेश

एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको ईयूको ईएमएले निष्कर्ष



काठमाण्डौ ६ चैत्र ।  अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ ।ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–एस्ट्राजेनेकाको खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ ।

यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्मनीसहितका केही देशले भने यो खोपको प्रयोगलाई आजदेखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।स्वीडेनले निर्णय लिनका लागि आफूलाई केही दिन चाहिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो खोपको प्रयोग जारी राख्न आग्रह गरेको छ । यो खोपको सुरक्षाबारे आज डब्लूएचओले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ ।  

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६