ब्रेकिंग न्युज

धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा



काठमाण्डौ ६ चैत्र ।  कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो । शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालले संकलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पीसीआर शुल्क दुई हजार  रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । यसअघि बढी रकम लिएको भन्दै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज पनि कारबाहीमा परेका थिए ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६