काठमाण्डौ ६ चैत्र । प्रतिनिधि सभाको बैठक आउँदो १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक १० गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।शुक्रवारको बैठकमा लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । त्यस्तै शुक्रवारको बैठकमा विभिन्न दलका नेताले सम्बोधन गरेका छन् । फागुन २३ यता प्रतिनिधि सभाका तीन वटा बैठक बसे पनि कुनै पनि सांसदले सम्बोधन गर्न पाएका थिएनन् ।
६ चैत्र २०७७, शुक्रबार
प्रतिक्रिया