कपिलवस्तु ८ चैत । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कपिलवस्तु र बुद्ध शिक्षाको नयाँ पाठयक्रमलाई अर्काे नयाँ चरणमा प्रबेश गराएको छ । गतवर्ष कक्षा ६ र ७ को पाठयपुस्तक तयार भई लागु भएकोमा यस वर्ष कक्षा ८ को पाठय पुस्तक तयार गर्ने काम शुरु भएको छ । जसकालागि बाणगंगा नगरपालिकामा आधारभूत तह कक्षा ८को स्थानीय पाठ्यक्रम निर्माणका लागि अन्तरक्रियात्मक विषयवस्तु छनौट कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बाणगंगा नगरपालिकाको शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बीसवटा विद्यालयका शिक्षकहरु र पाठ्यक्रम निर्धारण समितिका संयोजक तथा सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले जिल्ला समन्वय समिति मार्फत जिल्ला भरि लागू गर्ने भनिए पनि त्यस्तो हुन नसकेकाले कक्षा ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरी बाणगंगा नगरपालिकाले लागू गरेको वताउनु भयो ।
उहाले अब कक्षा ८को स्थानीय पाठ्यक्रम पनि बाणगंगा नगरपालिकाले नै निर्माण गरी लागूगर्ने बताउनु भयो । त्यसै गरी पाठ्यक्रम निर्धारण समितिका संयोजक डम्मर शर्माले विगतको अनुभव, शिक्षक तथा विज्ञको सुझावसमेतलाई ख्याल गरी सकेसम्म स्थानीय सबै विषयवस्तु लाई समेटी कक्षा ८को पाठ्यक्रम निर्धारण गरिने बताउनु भयो ।
प्रतिक्रिया