काठमाडौं ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुग्नु भउको थियो । भेटमा उहाँले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताउनु भयो ।विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिनु भयो ।
९ चैत्र २०७७, सोमबार








प्रतिक्रिया