प्रदेश

पठाओलाई समर्थन गरेकोमा यात्रुलाई भाडामा ५० प्रतिशत छुट दिँदै



काठमाडौं १२ चैत्र । पठाओले आफ्नो सेवाको बारेमा समर्थन गर्दै आईएमविथपठाओ ह्यासट्याग ट्रेण्डिङ्ग भएकोमा आफ्ना यात्रुहरुलाई भाडादरमा छुट दिने भएको छ ।पछिल्लो दिनमा ट्याक्सी व्यवसायीहरुसँग भएको झड्प पछि विवाद र चर्चामा आएको पठाओले आफ्नो यात्रुहरुको आगामी पहिलो राइडमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।कम्पनीले हालै आफ्नो ट्विटर ह्याण्डलबाट सो घोषणा गरेको हो ।जसअनुसार #IAmWithPathao  ह्यासट्याग ट्रेण्ड गराउन र सेवालाई समर्थन गरेकोमा धन्यवाद स्वरुप सो छुट दिएको उल्लेख छ ।यसअनुसार आज मार्च १५ तारिख एक दिनका लागि राती ११ः५५ बजेसम्म ५० प्रतिशत छुट पाउने भएकोछ ।यसको लागि कम्पनीले उपलब्ध गराएको प्रोमो कोड “IMWITHPATHAO” ” प्रयोग गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६