कपिलवस्तु १३ चैत्र
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत शिक्षा , स्वास्थ्य , खाध्य र आवासको अधिकार विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम चैत १३ गते बुद्धभुमि नपा २ गोरुसिहेंमा सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्रा्ही दिपा खनालले कृषि शाखाबाट प्रचार प्रसारको कमिका कारण वास्तविक किसानले सेवा सुविधा नपाएको गुनासो गर्नुभएको थियो ।यस्तै अर्का सेवाग्राही गगाा पौडेलले विद्यालयहरुमा स्थानीय सरकारले भए पनि कक्षा ८ देखि १२ सम्म लैगिक हिंसा सम्बन्धी पाठ्प्यक्रम राख्नु पर्ने सुझाव दिनु भएको थियो । यस्तै भृकुटी माविका बालअधिकार चेतना समुहका सदस्य विण्णु चुदालिले विद्यालयको लाईवेरीमा प्रति विद्याथी कम्तीमा २ओटा पुस्तक राख्नु पर्नेमा प्रयाप्त पुस्तक नहुदा पढन नपाउने समस्या रहेका बताउनु भयो । यस्तै युवा समुहकी अध्यक्ष तथा गौतमबुद्ध माविका विध्यार्थी सुनिता बेलवासेले विद्यालयमा प्रयाप्त सेनेटरी प्याड नभएको र विद्यालयका सौचालयमा सरसफाई नभएको बताउनु भएको थियो ।
यस्तै सेवाग्राही रमेश केसीले आवासको अधिकार मौलिकहकमा ब्यावस्था भएको भएपनि २०।२५ वर्ष बुड्ढी हनुमानचोकमा बसोवास गर्दै आएका ४२घर परिवारलाई वडा कार्यालयले अब्यवस्थीत फारम भोर्नवाट बन्चित बनाएको बताउनु भयो । यस्तै सेवाग्राही जलेश्वर थारुले मात्रृ भाषामा विद्यालय खोल्न तथा पढन पाउने हक अन्तरगत थारु भाषामा पढन पाउने अधिकारवाट बालबालिका बन्चित रहेको बताउनु भयो । यस्तै आधारभुत तह अनिवार्य र निशुल्क र माध्यमिक तह सम्म निशुल्क भने पनि विभिन्न वाहानामा शुल्क लिने गरेको बताउनु भयो ।
यस्तै सेवाग्राही रुपक खनालले विद्यालय तथा क्याम्पसहरुमा प्राविधिक र ब्यावसायिक शिक्षा संचालन गर्नु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा सेवाग्राहीहरुको गुनासो र प्रश्नको सम्बोधन गर्दै प्रमुख अतिथी तथा बुद्दभुमी नगरपालिकाका उप मेयर मिरा थारुलेले सार्वजनिक सुनुवाईले सेवा प्रदायक निकायले के कस्तो सेवा प्रदान गर्न सकेका छन र के कस्ता कमीकमजोरी छन र आगामी दिनमा सुधार गर्ने कुरामा सहयोग पुर््याउने बताउनु भएको छ । सेवाग्राहीले उठाएका विषय बस्तुहरु कार्यान्वयका लागी आफुले पहल गर्ने बताउनु भयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नागरिकहरुलाई छिटो छरितो सेवा प्रदान गर्ने काम गरेको, सातौ नगर सभाबाट स्वीकृत योजनाहरु करिव ८० प्रतिशत सम्पन्न हुने चरणमा रहेको शिक्षा, स्वास्थ्यमा प्रयाप्त बजेट छुट्याएको , विद्यालयमा सेनेटरी प्याड प्रयाप्त पठाइएको , खाध्य अधिकार अन्तरगत समय समयमा बजार अनुगमन गर्ने काम भएको ,आवासको अधिकार अन्तरगत खरका छाना मुक्त गर्ने कार्यक्रम अन्तरगत टिन खरिद गरि वितरण गरिएको , सुरक्षित आवास अन्तरगत प्रति वडा १० जनालाई ५० हजार रुपैयाको सहयोग गरिएको आगालागी पीडितहरुलाई प्रति परिवार १५ हजार दिने गरेको बताउनु भयो । अधिकृत पौडेलले अब्यवस्थित बसोवासहरुलाई फारम भर्न नदिएको भन्ने गुनासोको सम्बोधन गर्दे राजनितक दलहरु विच सहमति गरेर आएमा कर्मचारी वाधक नबने बताउनु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख गोकर्ण अर्यालले स्वास्थ्यमा ५ओटा बर्थिङ सेन्टर,संचालन, सुत्केरी पोषण कार्यक्रम, पोषणको अवस्था कम्जोर भएका वर्डामा आयोडिन नुन वितरण, मौवा र वरकलपुर स्वास्थ्य चौकिमा ल्याव, कुष्ठरोगिको पहिचान, आँखा शिविर, घुम्ती शिविर , ५० प्रतिशत स्वास्थ्य चौकिमा प्रसुती सेवा प्रदानगरिएको, पुर्ण खोपघोषणा जस्ता महत्वपुर्ण काम भएको बताउनु भयो । वहाले कोभिडको समयमा नगरिकलाई सहज रुपमा क्वारेन्टाइत् , आसुलेसन , एम्बुलेन्सको ब्यावस्था र कोभिडको स्वाव संकलन गर्ने काम गरेको बताउनु भयो ।
इन्जिनियर निकिता त्रिपाठिले जस्ता पाता वितरण , विपद व्यवस्थापन अन्तर्गत विपन्न व्यक्तिलाई १५ हजार आर्थिक सहयोग गरिने,मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम कक्षा आठका छात्रालाई साइकल वितरण प्रकृयामा रहेको बताउनुभएको छ ।
शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले आर्थिक वर्ष ७७/७८ मा शिक्षण सिकाई कृयाकलाप सन्चालन, अभिमुखिकरण, भित्ते लेखन कार्यक्रम , २० विधालयलाई नि सक्रमण सामाग्री ,अनलाइन वकृत्व कला प्रतियोगिता ,,विधालय पोषण कार्यक्रम , नमुन सामाजिक परिक्षण ,बाल क्लव गठन, सेनेटरी प्याड खरिद प्रकृया अघि बढेको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।
छात्राले प्रती महिना १६ वटा प्याड पाउने प्रावधान रहेको जानकारी दिदै प्याड अभाव नरहेको जानकारी दिनुभएको छ ।यस्तै कृषि शाखा प्रमुख देविराम बेलवासेले कृषि शाखाले प्रदान गरेका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वय भएको बताउनु भयो
मानवअधिकार रक्षक संजालका अध्यक्ष तथा नागरिक समाजका अध्यक्ष दोलख पछाईले इन्सेकले जनता र सरकारका बिच सेतुको काम गरेको भन्दै निरन्तरता दिन अनुरोध गर्नुभएको छ ।
अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजना र मानव अधिकार समुहको समन्वयमा सम्पन्न कार्यक्रममा बुद्दभुमी नगरपालिकाका नगर उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल ,स्वास्थ्य शाखा प्रमुख गोकर्ण अर्याल कृषि शाखा प्रमुख देविराम बेल्वासे नेकपा एमालेका प्रतिनिधि माधुराम न्यौपाने ,नेपाली काग्रेसका प्रतिनिधि विन बहादुर बन्जाडे, उद्योग बाणीज्य संघ बुद्धभुमिका अध्यक्ष शुभलाल भुसाल लगायत सुझाव तथा टिप्पोणी गरेका थिए ।
इन्सेकका सहजकर्ता नन्दराम पौडेलको सन्चालनमा भएको कार्यक्रममा मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव रुपक खनालले स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया