अर्थ-वाणिज्य

नेपाल राष्ट्र बैंकले आज ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने



काठमाण्डौ १६ चैत्र । नेपाल राष्ट्र बैंकले आज ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ ।यसअघि बैंकले गएको चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो । 

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६