प्रदेश

नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै



 काठमाडौं १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् ।उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो ।’अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन् ।एमाले अध्यक्ष ओलीको कदमको प्रतिवाद गर्दै आएको झलनाथ खनाल र माधव नेपाल पक्षले यसअघि नै समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । साथै नेपालले ओलीको निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६