प्रदेश

हराएका सात युवती तथा बालिकालाई गएराति नेपाल ल्याइयो



महोत्तरी १९ चैत्र । महोत्तरीको भङ्गाहबाट एकैसाथ हराएका सात युवती तथा  बालिकालाई गएराति नेपाल ल्याइएको छ ।भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पुर्‍याएर नेपाल ल्याइएको हो ।आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउनको लागि सहयोग गर्न उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो ।

​अस्ति मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका-८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । उनीहरुलाई बाहिर लैजान कसैको संलग्नता भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६