प्रदेश

नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अस्वीकार



काठमाण्डौ १९ चैत्र । एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो ।बिहीवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पूर्ण इजलासले सर्वोच्चको गएको फागुन २३ गतेको फैसला पुनरावलोकन गर्न अनुमति नदिने निर्णय गरेको हो ।सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र बिउँताइदिएको थियो । तर माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षले भने रिट निवेदकले नेकपाको नामको विवादमा फैसला मागे पनि सर्वोच्चले अधिकारबाहिर गएर पार्टीको एकता नै भङ्ग गरिदिएको भन्दै पुनरावलोकन गर्ने निर्णय गरेका थिए । 

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६