अन्तर्राष्ट्रिय

ब्राजिलमा २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढीको मृत्यु



ब्रासिलिया २५ चैत्र । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताएका छन् ।

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजिनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए ।

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६