सूचना र प्रविधि

आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना



काठमाण्डौ २६चैत्र । प्रदेश-१ को पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि समान्य बद्ली रही बाँकी भूभागको मौसम आंशिक बद्ली  रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।यस्तै, केही दिनदेखि तराई र पहाडी भूभागमा लागेको तुवाँलो भने अझै कायमै रहेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र वायु प्रदूषणका कारण तुवाँलो अझै केही समय रहने देखिएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको थोरै प्रभाव रहेको छ भने नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसमविद्को भनाइ रहेको छ ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६