सूचना र प्रविधि

प्रतिनिधिसभाको बैठक आज बस्दै ,विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ पेस हुने



काठमाण्डौ २६ चैत्र । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ ।प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।यो विधेयकप्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोध भए पनि संसदीय समितिको बहुमतले पारित गरेको यो विधेयक पारित भएको १५ दिनपछि प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।

यसअघि २०७६ सालको पुस १३ गते बसेको विकास तथा प्रविधि समितिले कांग्रेसका सांसदको विरोधका बाबजुद विधेयकलाई बहुमतको आधारमा पारित गरिएको थियो । यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मधेशी आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस हुँदैछ। यी दुई प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पेस हुने सचिवालयले जनाएको छ ।यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले पूर्व सांसद ऐश्वर्यलाई प्रधानाङ्गको निधनमा शोक प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६