प्रदेश

प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न



काठमाडौं २७ चैत्र । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैँसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।

लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको निवास एवं सम्पर्क कार्यालय भवन निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताए । हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण भइरहेको छ ।

जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ । पहिलो चरणमा हाल भवन निर्माणको काम भइरहेको छ । आयोजनाका सिनिरियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यले आगामी ६ महिनाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो ।हाल सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ ।आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६