अन्तर्राष्ट्रिय

तीव्र गतिमा कोरोनाको सङ्क्रमण फैलिएसँगै दिल्लीमा कडा मापदण्ड लागू



काठमाण्डौ २९ चैत्र ।  तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ ।घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् ।

यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ ।यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ ।

सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ ।यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । रिपोर्ट नलिइ दिल्ली जानेहरु १४ दिन क्वरेण्टिनमा बस्नुपर्ने नियम दिल्ली सरकारले लगाएको छ ।

पछिल्ला दिनहरुमा भारतमा अरु देशभन्दा धेरै कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ८ सय ३८ जना सङ्क्रमितको ज्यान गएको छ ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६