प्रदेश

बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ जना घाइते



काठमाण्डौ २९ चैत्र । बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ जना घाइते भएका छन् । हिजोदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।ढुङगा हानाहान भएपछि रथलाई आज बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

रथबाट खसेर ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षका दिपेश साँगाछें घाइते भएका छन् । त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् । राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले छिटपुट घटना भएका र तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा रथमा नचढ्न पनि आग्रह गर्नुभयो ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६