अर्थ-वाणिज्य

अर्घाखाँचीका पहिरो प्रभावित ३९ परिवारलाई बाख्रा वितरण



अर्घाखाँची ३१ चैत्र । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ भुजुंगेका पहिरो प्रभावित ३९ दलित घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित बस्ती रहेको गाउँमा आय आर्जनमा वृद्धि होस् भनेर ३९ घरपरिवारमा प्रति घर तीन वटाका दरले बाख्रा वितरण गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताउनु भयो । सोमवार एक कार्यक्रमकाबीच पहिरोको उच्च जोखिम रहेको दलित बस्ती भुजुंगेमा रहेका घरपरिवारलाई प्रदेश सांसद रामजीप्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका मेयर भुसालले बाख्रा वितरण गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गरिबी निवारण र स्वरोजगार सिर्जना गर्नु अहिलेको मुख्य काम भएकाले यसतर्फ लागिपरेको उहाँको भनाइ छ । सन्धिखर्क नगरपालिकाका मेयर भुसालले आफूहरूले दिएका बाख्राको राम्रोसँग पालनपोषण गरेर आम्दानी लिन सबैलाई आग्रह गर्नुभयो । कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने उहाँको भनाइ छ । 

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६