अर्थ-वाणिज्य

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै



काठमाण्डौ ३१ चैत्र । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको राष्ट्र बैंकको दाबी छ ।राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीले सहुलियतपूर्ण कर्जामार्फत एक खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३८ हजार तीन सय ५५ ऋणीलाई ८८ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ ।यस्तै  महिला उद्यमशील कर्जाअन्तर्गत ३६ हजार सात सय ६३ महिला उद्यमीलाई ३२ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै फागुनसम्म शिक्षित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखेर एक सय ३२ जना युवाले ६ करोड एक लाख रुपैयाँ ऋण लिएका छन् । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७८ ऋणीको तीन अर्ब पाँच करोड रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो ।नयाँ कार्यविधिअनुसार सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।  

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६