सूचना र प्रविधि

काठमाण्डौसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै



काठमाण्डौ २ बैशाख । काठमाण्डौसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ ।काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाण्डौमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको देखिएको छ ।

काठमाण्डौको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् । भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।यसैबीच, प्रदूषण र कोरोना सङ्क्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन्। मास्कले धेरै रोग र सङ्क्रमणबाट जोगाउने भएकाले अनिवार्य मास्क लगाएर मात्रै घरबाहिर निस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ । 

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६