प्रदेश

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य



काठमाण्डौ ६ बैशाख । प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा चिनिन्छ ।तर सरकार र संसदको टकरावका कारण एउटा पनि विधेयक पेस नभइ अधिवेशन अन्त्य गरिएको छ।   

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६