सूचना र प्रविधि

सडकखन्दा माथिबाट खसेको ढुंगाले स्काभेटरमा पूर्णक्षेती



गुल्मी  ७ बैशाख ।  सडक खन्ने क्रममा माथिबाट ठुलो ढुंगा खस्दा स्काभेटर पुर्ण रुपमा क्षती भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ३ जयखानीको टोड्को भन्ने स्थानमा सडक खन्दै गर्दा माथिबाट ठुलो ढुंगा खस्दा  ना १ क ५३६२ नम्बरको स्काभेटर पुर्ण रुपमा क्षती भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन पुनले जानकारी दिए ।

बेल्टारी, शिद्धबाबा जयखाानी ओखरभन्ज्याङ सडक खण्डमा काम गरिरहेको श्रेष्ठ कन्ट्रक्सन निर्माण सेवाको स्काभेटर माथिबाट ढुंगा खसेर पुर्ण रुपमा क्षती भएको र स्काभेटर चालक चन्द्रबहादुर पुन भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।यता सो निर्माण सेवाका प्रमुख हरिकुमार श्रेष्ठले मानवीय क्षती केही नभए पनि  ९० लाख बराबरको स्काभेटर भने पुर्ण रुपमा क्षती भएको  बताए ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६