बुटवल ९ बैशाख । रुपन्देहीमा बुधबार ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५४८ पुगेको छ।योसँगै रुपन्देहीमा संक्रमितको संख्या ९ हजार ७ सय ४९ पुगेको छ। जसमध्ये १६३ जनाको मृत्यु भएको छ भने ९ हजार ३८ जना निको भएका छन्। बुधबार थपिएकामध्ये सबैभन्दा धेरै बुटवलका हुन्।
बुटवलका ३२ पुरुष र २५ महिला गरी ५७ जना, तिलोत्तमाका १२ पुरुष र १२ महिला गरी २४ जना, सिद्धार्थनगरका ११ पुरुष र ७ महिला गरी १८ जना, देवदहका महिला ४ जना, मायादेवीका २ पुरुष र १ महिला गरी ३ जना, ओमसतियाका २ पुरुष र २ महिला गरी ४ जना, सैनामैनाका २ पुरुष, लुम्बिनी सांस्कृतिकका १ पुरुष र १ महिला गरी २ जना, कञ्चन, रोहिणी, सुद्धोधन, समरीमाइका १(१ जना गरी ११८ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया