कपिलवस्तु ,बैशाख १६ ।
बुद्धभूमि नगरपालिकाले सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई अवैध रुपमा अगिया नदी ठेक्कामा दिने समाचार प्रकाशन भए पछि नगरपालिकाको कार्यपालिकाको माइन्युट परिबर्तन भएको छ । प्रेसपाटि अनलाइनमा समाचार प्रकाशन भए पछि लेखिएको माइन्युटका केही बाक्य परिबर्तन भएको छ । नगरपालिकाको फेसबुक पेजमा सार्वजनिक भएको निर्णयमा अव ठेकेदार पक्षलाई १० हजार घन मिटर माल निमाल्न दिने भएको छ । यसै गरी मिसिन प्रयोग गरी निकाल्न दिने बाक्य समेत परिबर्तन भएको छ । वैठकमा बसेका एक वडा अध्यक्षले दैनिक ५ घण्टा मिसिन प्रयोग गर्ने गरी नदीमा माल निकाल्न दिने सहमती भएको बताए । । कार्यपालिकाको बैठकले वैशाख १२ गते बसेको कार्यपालिकाको वैठकले डुमरा–महाराजगंज–हरदौना सडक निर्माण गर्ने कम्पनीलाई प्रक्रिया मिचेर सिधै खोलाबाट मेशिन हालेर नदीजन्य वस्तु निकाल्न स्वीकृती दिने निर्णय गरेको थियो । ठेकेदार कम्पनी लुम्बिनी एशियाटिक रिजाल जेभीले प्रदेश सरकारको बजेटमा निर्माण गर्न लागेको सडकका लागि रुपन्देहि स्थित सडक पूर्वाधार विकास कार्यालयले सिफारिश गरेको पत्रका आधारमा मात्रै स्थानीय स्वायत्त शासन ऐन तथा प्रदेश सरकाको नदीजन्य पर्दाथ सम्बन्धी कार्यविधि मिचेर नगरपालिकाले स्वीकृती दिएको थियो ।








प्रतिक्रिया