प्रदेश

रुपन्देहीको सैनामैनामा कोभिड १९ अस्थायी अस्पताल स्थापना



बुटवल बैशाख १६ — 

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड १९ अस्थायी अस्पताल सञ्चालन गरेको छ । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा बिहीबारदेखि अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा ६० बेड छन् । १० बेडमा अक्सिजन र ३ वटामा मोनिटरसमेत जडान गरिएको छ । भेन्टिलेटर र आईसीयू चाहिने बाहेकका नगरपालिकाभित्रका सबैखाले संक्रमितलाई यस अस्पतालमा राख्न सकिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । नगरप्रमुख कार्कीका अनुसार ४५ वटा सामान्य आइसोलेसनका लागि छुट्याएको छ । त्यसबाहेकका विशेष बेड हुन् । अस्पताल संचालनका लागि संघीय सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । अपुग रकम प्रदेश सरकारले सघाउने बताएको छ । नगरपालिकाले गत चैतदेखि फागुनसम्म समेत अस्पताल चलाएको थियो ।

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६