प्रदेश

कोरोना संक्रमित गर्भवति महिलाको कपिलवस्तुमा सफल अप्रेशन गरी बच्चा जन्माइयो



कपिलवस्तु ,१७  बैशाख ।

प्रादेशिक अस्पतालमा बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवति महिलाले कपिलस्तु अस्पतालमा अप्रेशन गरी बिहीवार राति बच्चा जन्माइएकी छन । प्युठान स्थायी घर भएकी ३१ बर्षिया महिलालाई उपचारका लागि सोमबार प्रादेशकि अस्पताल बुटवल लगिएको थियो ती महिलाको पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । बच्चा जन्माउन बुटवल अस्पताल पुगकी उनी चार दिन अघि कोरोना पोजेटिभ देखिएकी थिईन । ३ बर्ष अघि पनि बुटवल अस्पताल मै अप्रेशनबाट छोरा जन्माएकी ती महिलालाई चार दिन सम्म आईसोलेशनमा राखिएको थियो । पेटमा पीडा भए पछि बेड अभावले उनको त्यहा उपचार हुन सकेको थिएन । भीम अस्पताल भैरहवामा समते बेड अभाव थियो । प्रोदशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए । बेड अभावले कोरोना संक्रमित गर्भवति महिलाको उपचार गर्न कपिलवसतु अस्पताल पठाइएको थियो अस्पतालका मेसु किशोर बन्जाडेले बताउनुभयो । काम चुनौतीपुर्ण थियो, तर सफल भयौ  । राति ९ बजेर ५७ मिनेटमा ती महिलाको अप्रेशन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनुभएको छ । महिला र बच्चालाई अस्पतालमा छुट्टा छुट्टै राखिएको छ । बच्चाको पिसिआर टेस्टका लागि पठाइएको छ । आमा र बच्चाको अवस्था ठीक रहेको डाक्टर क्षेत्रीको भनाई रहेको छ । कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा पुनम लामा, डा गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतका टोली अप्रेशनमा सहभागी थिए ।  

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६