वैशाख १७, भारत–
भारतको बिहारमा कोरोना भाइर संक्रमण तिव्र रुपमा फैलिरहेको छ । जनघनत्व बढी भएका शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा पनि मानिसहरु संक्रमित भइरहेका छन । विपक्षी दलले मुख्यमन्त्री नीतीश कुमारको आलोचना गरिरहेका छन । महामारीको समयमा सरकारले केही ठोस काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ । राज्य सरकारमाथि संक्रमित र मृतककको आँकडा लुकाएको आरोप लागिरहेको छ । पटनाको श्मशान घाटमा लाशको लाइन लागेको छ र परिवारका सदस्य अन्त्येष्टिका लागि घन्टौं कुरिरहेका छन । यसबीच पटना नगर निगमले लाशको बढ्दो संख्यालाई ध्यान दिँदै अन्त्येष्टिका लागि नयाँ ठाउँहरु बनाएको बीबीसीले जनाएको छ । पटनामा बाँस घाट, गुलाबी घाट र खजकल्ला घाट गरि तीन श्मशान छन् तर कोभिडकाका कारण भइरहेको मृत्युका कारण लाइन लाग्नुपर्ने बाध्यता रहेको छ । पटना नगर निगमका एडिशनल आयुक्त देवेन्द्रप्रसाद तिवारीले दुई घाट थप गरिएको जानकारी दिनुभयो । उहाका अनुसार पटनामा मात्रै दैनिक २ सय भन्दा बढी लाश जलाइने गरिएको छ । सरकारी तथ्यांक र श्मशानमा जलाइएको लाशका बीच कुनै तालमेल छैन ।








प्रतिक्रिया