प्रदेश

१३ वटा नाका मात्र सञ्चालन गर्न सीसीएमसीको सिफारिस



काठमाण्डौं बैशाख १७ ।

सीसीएमसीको बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदुरबारमा बसेको सीसीएमसीको बैठकले भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले आन्तरिक उडान स्थगत गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाईमात्र कर्मचारी राखेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । बैठकले उद्योगका कर्मचारी तथा श्रमिकहरुलाई उद्योग स्थल भित्रै बसेर काम गर्न दिने निर्णय गरेको छ । आम जनताले परिस्थिति असाधरण भएपनि व्यवहार साधारण अवस्था जस्तो देखिाएकोले मन्त्रिपरिषद्ले गरेका निर्णहरु कडाईका साथ कार्यान्वयन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । बैठकमा मन्त्रालय गत रुपमा बाडिएका सवारी अनुमतिपत्रको दुरुपयोग बढेको भन्दै अनाधिकृत रुपमा वितरण गरिएका पास नियन्त्रण गर्ने निर्णय गरेको छ । क्वारेन्टीनको पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने र स्वदेशीलाई कारबाही गर्ने निर्णय समेत सीसीएसीले गरेको छ । 

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६