दाङ, वैशाख १७ । दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभावले शुक्रबार साँझ पाँच जना कोरोना संक्रमित बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर राखिएको छ। उनीहरू तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका बिरामी रहेको बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिनुभयो । व्यवस्थापक वलीले अस्पतालभित्र ४२ बेड रहे पनि ४३ जनालाई राखेर उपचार भइरहेको बताउनुभयो । अक्सिजन नै अहिलेका बिरामीको प्राण धान्ने उपाय भएको हुँदा बरू अस्पतालबाहिरै अक्सिजन दिएर भए पनि बचाउन आफूहरूले प्रयास गरिरहेको वलीले बतानउनुभयो ।
यीबाहेक अन्य केही बिरामीले पनि बेडको लागि फोन गरेको भए पनि आफूले कुनै जवाफ दिन नसकेको उहाले बताउनुभएको छ । बिरामीको संख्या बढ्दै जान थालेपछि आफूले दैनिक कम्तीमा पनि ३०० सिलिण्डर अक्सिजन ग्यासको माग गरेको भए पनि नेपालगञ्जको सप्लायर्सले दैनिक एक सय २०÷३० सिलिण्डरभन्दा बढी मात्रामा उपलब्ध गराउन नसक्ने बताएको हुँदा समस्या भइरहेको वलीले बताउनुभयो ।








प्रतिक्रिया