प्रदेश

बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने



 बैशाख १८,काठमाण्डौ – 

आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश–१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ । आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । आज राति पनि प्रदेश–१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ। आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६