अर्थ-वाणिज्य

फ्लोरक्रसको संभावना नदेखेपछि ढुक्क छन् मुख्यमन्त्री पोखरेल



बुटवल १९ बैसाख । आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुनेछ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ ।

आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई  मन्त्री र १जनालाई राज्यमन्त्री वनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि यबिेला अब आफ्नै पार्टी भित्रका सांसदहरु सुरक्षित हुन सके कुनै चिन्ता हुने छैन ।  प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आफू भित्रकै सांसदहरु नै काफिछन ।  पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा पुरा गरेर यतिबेला ढुक्का अवस्थामा पुगेका छन् ।

खासगरी माधव समुहमा देखिएका सांसद विष्णु पन्थी सहितले संसदीयदलको निर्णय भन्दा वाहिर गएर फ्लोरक्रस नगर्ने प्रतिवछता जनाएपछि मुख्यमन्त्रीलाई ढुक्क हुने स्थिती आएको हो ।माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सकेपछि पोखरेलले आफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ ।

यता मुख्यमन्त्री पोखरेलले माधव समुहका सांसद विष्णु पन्थीलाई विश्वासको मत लिनु अगावै मन्त्री बनाउन चाहेका थिए । तर पन्थीले कुनैपनि हालतमा फलोरक्रस नगर्ने र मन्त्री बन्न नहतारिने वताएपछि विश्वासको म लिएसंगै केहिमन्त्री थप्ने मुख्यमन्त्री पोखरेलको तयारी रहेको श्रोतको दावि । 

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६