अर्थ-वाणिज्य

पूर्व भूमीसुधार मन्त्री चित्रकारको संक्रमणवाट मृत्यू



भैरहवा २० बैशाख ।कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बनेका थिए ।

नेपाल विद्वत परिषद्, नागरिक समाजलगायतका संस्थामा आबद्ध चित्रकार राजावादी व्यक्तिको रुपमा परिचित थिए ।उनले गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा स्वाब परीक्षण गराएका थिए । स्वास्थ्यमा समास्या आएपछि भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उनको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताए ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६