तौलिहवा २४ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवाले कोभिड र ननकोभिड विरामीलाई उच्चतम रुपमा सेवा दिन सफल भएको छ । अस्पतालका डा. किशोर बन्जाडेका अनुसार अक्सिजन नभई सास फेर्न नसक्नेहरुलाई ह्वील चेयर ,स्टेचर ,पि—फर्म वा भूइमा समेत राखेर सेवा दिइएको वताउनु भयो । डा.गणेश क्षेत्रीले अहिले कपिलवस्तुका विरामीले बुटवलमा गएर कुनैपनि अस्पतालमा भर्ना पाउन छाडेपछि सकैको चाप तौलिहवामा परेको वताउदै चिकित्सक र स्वास्थ्य कर्मीको एक राण्डमा २४ घण्टा डयुटी हुनेगरी सेवा दिइएको वताउनु भयो ।
यता अस्पतालममा रहेका बेडहरु भरीराउ भएपछि बिरामीहरु भुईमा बसेर उपचार गराउन पाउनुलाई समेत गर्व महशुस गर्न थालेका छन् । अस्पतालको ईमरजेन्सी फाटमा रहेको ८ वटै बेड कोरोना संक्रमितले भरिएका छन । यस्तै संक्रमितहरुको संख्या थपिदै गए पछि जहा हुन्छ राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनु भयो । १५ जना जति नै भूईमा राखेर उपचार गराईरहेको उहाले बताउनु भयो ।
उता अस्थायी कोरोना अस्पतालमा रहेको २२ बेड नै संक्रमतिले भरिएको छ । अक्सिजन लगायतका सामाग्री तथा स्वास्थ्यकर्मीको अभावले समेत उपचारमा समस्या आएको छ । उता आईसियुमा भने ८ जना कोरोना बाहेकका अन्य बिरामीहरु राखिएका छन । बिरामीहरु बढी भएपछि एउटै सिलिन्डरबाट दुई जनाको उपचार भइरुेहेको डा बन्जाडेले वताउनु भयो । ‘सिमित साधान श्रोतथले हामीले बिरामीहरुको उच्चतम सेवा गरीरहेका छौ बिरामीको संख्या बढे पछि उपचारमा भने समस्या आएको छ ’ अस्पतालका प्रमुख डाक्टर बन्जडोले प्रष्टयाउनु भयो ।
अक्सिजन र औषधी मात्रै चाहिने लक्षण देखिएका संक्रमीत बिरामीहरु राख्ने ठाउँ छैन । यो महामारीमा संक्रमितसंगै मृत्यु दर समेत बढेको प्रति चिन्ता ब्यक्त गर्दै कपिलवस्तुका डाक्टरले ‘ हामी स्वास्थ्यकर्मीहरु हात जोडेर बिन्ती गर्छौ, सम्बन्धित राज्य संचालकहरु केही गर्नुस, राजनीतिक खिचातानीमा नअलमलिनोस भन्दै अपील गरेका छन ।
सामाजिक संजाल फेसमा बुकमा डा. क्षेत्रीले पोस्ट गर्दै सो लेखका छन । आइ सि यु र भेन्टिलेटर त कहाँ हो कहाँ । अब त अति भइसकेको छ झन बेहाल छ बाचियो भने धेरै गरौला नत्र छट्पटाउदै मर्नु को विकल्प छैन । जुन भइरहेको छ । कृपया जसले जे सक्छ सहयोग गर्नुस, स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा दिनुहोस ।सबैले सावधानी अपनाऔं ।
प्रतिक्रिया