सूचना र प्रविधि

अर्घाखाँचीमा स्वास्थ्य संस्था चिकित्सक बिहान



सन्धिखर्क 24 बैशाख।कोभिड महामारी बढिरहेको समयमा अर्घाखाँचीमा रहेका दुईवटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ कमा रहेको छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र १ ख मा रहेको शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वाथ्य केन्द्र डाक्टरविहीन हुँदा सामान्य रोगका बिरामी हुँदा पनि सन्धिखर्क तथा बुटवल जान बाध्य छन्।

२ जना चिकित्सकको दरबन्दी रहेको दुबै प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए  । 

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य कर्मचारीको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन् । सामान्य खालका बिरामी अन्यत्र जानुपर्ने बाध्यता स्थानीयले खेपेको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडाका स्थानीय नारायण अधिकारीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा एचए पनि नहुदा अहेब अन्य कर्मचारीले बिरामीको चेकजाँच र उपचार गरिरहेका छन् । 

स्वास्थ्य केन्द्रमा रहेका २ जना चिकित्सक अध्ययन गर्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाकटरविहीन बनेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । चिकित्सक ल्याउन पहल भइरहेको उनको भनाइ छ । 

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६