कपिलवस्तु बैशाख २४ । कोरोना संक्रमणबाट शुक्रबार दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कोरोना संक्रमित शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उहा फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक हुनुहुन्थ्यो । शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उहा खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए । दुवै जनाको शिवराज नगरपालिकाले चन्द्रौटामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनुभएको छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय ७३ जना रहेका छन् । यस्तै शुक्रबार जिल्लामा ४२ जना नयाँ संक्रमित भेटिएका छन । भने ४६ जना निको भएका छन ।
२४ बैशाख २०७८, शुक्रबार








प्रतिक्रिया