प्रदेश

हरेक नागरिकको सुरक्षाको प्रत्याभूति गर्न सरकार सम्वेदनशील छ : सञ्चारमन्त्री



काठमाण्डौ ,बैशाख २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताउनुभएको छ । शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोनाबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान पनि गर्नुभयो । मन्त्री गुरुङले कोरोना महमारी बढेसंगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगाएतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताउनुभयो । गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोभिडमुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले कोभिडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोभिडबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार  १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ । जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत हुनुभएको छ भने  वरिष्ठ पत्रकार सम्मान २०७७ बाट  रघु मैनाली र शार्दूल भट्टराई हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ । त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल ,संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र  शीतल साह पुरस्कृत हुनुभएको छ भने  राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही १ लाख रहेको छ । 

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६