बैशाख २४ चैत, काठमाडौं ।
चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा २० वटा भेन्टिलेटरसमेत चीनबाट यसै जहाजमा ल्याइने भएको छ । पहिलो खेप ल्याइहाल्ने र थप सिलिण्डर ल्याउन सरकारको व्यवस्थापन अनुसार जहाज तयारी अवस्थामा रहने नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले जानकारी दिनुभएको छ । चीनले २० हजार सिलिण्डर अनुदानमा दिएको छ ।








प्रतिक्रिया