प्रदेश

खाली सिलिण्डर फिर्ता गरिदिन सिउवा संघको आग्रह



२५ बैशाख भैरहवा ; 

रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघले आफूसँग स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको छ । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर अभाव भएपछि संघले शुक्रबार विज्ञप्ति जारी गर्दै खाली सिलिण्ड फिर्ता गरिदिन आग्रह गरेको हो । उद्योगी व्यवसायी र आमनागरिकसँग स्टकमा रहेको खाली सिलिण्डर सम्बन्धित उद्योग र सरकारले तोकेको निकायहरुमा फिर्ता गरी आमनागरिकको जीवन रक्षाका लागि योगदान गर्न अपिल गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभएको छ ।

उहाले अक्सिजन उत्पादनका लागि उद्योगहरु निरन्तर विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्नुभएको छ ।  साथै, अक्सिजन उत्पादनलाई थप वृद्धि गर्दै हाल प्राथमिकतामा रहेका कोरोना संक्रमितहरुको पहुँच हुने गरी उत्पादन र वितरणमा विशेष ध्यान दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरिएको संघले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६