प्रदेश

पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जना पक्राउ



२५ बैशाख बर्दिया: 

बर्दिया प्रहरीले पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि फरार रहेका दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभएको छ । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको उहाले जानकारी दिनुभयो ।

रुपन्देही अदालतको मिति २०७० साल असार ४ गतेको फैसला आदेशले सम्बन्ध विच्छेद मुद्धामा १ सय २५ रुपैयाँ जरिवाना तोकिएका १ जना व्यक्ति पक्राउ परेका छन् । त्यस्तै कास्की जिल्ला अदालतको २०६१ साल जेठ १८ गतेको फैसलाले गाली बेइज्यत मुद्धामा १ सय रुपैयाँ जरिवाना तोकिएका फरार अर्का व्यक्तिलाई समेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको एसपी कार्कीले बताउनुभयो । कानूनले तोकेको जरिवाना सानो रकम मानेर अटेरी गरी फरार रहेकाहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६