प्रदेश

आगामी जेठ र असारमा गरि २ लाख २३ हजार भन्दा धेरैमा कोरोना संक्रमण फैलिने प्रक्षेपण



बैशाख २५ ,काठमाडौँ – 

सरकारले आगामी जेठमा एक लाख र असारमा १ लाख २३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिने प्रक्षेपण गरेको छ । यसरी नयाँ संक्रमित थपिने मध्ये १० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्ने सरकारले बताएको छ । अक्सिजनको आवश्यकता पर्ने संक्रमितहरुको संख्या बढ्ने भएकोले त्यसको व्यवस्थापनका लागि सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमण देखिने मध्ये ८० प्रतिशत संक्रमितहरुको अवस्था सामान्य रहने, १० प्रतिशतलाई अक्सिजनसहित अस्पतालमा राखेर उपचार गरिनुपर्ने, ७ प्रतिशतको अवस्था जटिल भइ एजडीयुमा राखेर उपचार गरिनुपर्ने र ३ प्रतिशतलाई आइसियू तथा भेन्टिलेटरमा राखेर उपचार गरिनुपर्ने अवस्था हुन सक्ने बताएको हो ।

मन्त्रालयले गरेको अनुमान अनुसार अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने संक्रमितको आधारमा वैशाख महिनामा १ लाख ४४ हजार, जेठ महिनामा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिण्डर गरी जम्मा ५ लाख ६७ हजार सिलिण्डर अक्सिजन खपत हुनेछ । जेठ र असारमा कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजनको खपत बढ्न सक्ने भन्दै त्यसको व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गरिएको मन्त्रालयले जनाएको छ ।

आइसियू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर बिरमीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर (१० लिटर प्रतिमिनेटका दरले) अक्सिजन आवश्यक पर्ने नयाँ मापदण्डमा उल्लेख छ । यस्तै एचडीयुमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर (८ लिटर प्रति मिनेटका दरले) आवश्यक पर्ने र अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा ६ हजार लिटर (औसत ४ लिटर प्रति मिनेटका दरले) अक्सिजन आवश्यक पर्ने देखिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभरका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको छ । विभिन्न अस्पतालहरुले अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन । शुक्रबार ललितपपुरको अल्का अस्पतालले पनि अक्सिजन अभावमा बिरामीको ज्यान जोखिममा परिरहेकोले सहज आपूर्तिका लागि सरकारलाई आग्रह गर्दै विज्ञ्पति जारी गरेको थियो । सरकारले भने अक्सिजनको सहज व्यवस्थापनका लागि काम भइरहेको जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६