बैशाख २५, भारत ।
भारतमा पछिल्लो चौबिस घण्टामा चार लाख १ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख १ हजार ७८ जनामा एकैदिन संक्रमण पुष्टि भएको हो। यो अवधिमा ४१८७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै एकै दिन कोरोना संक्रमणका कारण चार हजार भन्दा धेरै मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ। यसअघि ब्राजिल र अमेरिकामा एकै दिन चार हजार भन्दा धेरैको कोरोना संक्रमणका कारण निधन भएको तथ्यांक छ । सरकारी तथ्यांकका अनुसार भारतमा अहिलेसम्म २ करोड १८ लाख ९२ हजार ६६७ मानिसहरु संक्रमित भएका छन् भने दुई लाख ३८ हजार २७० जनाको मृत्यु भैसकेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २३ हजार ४ सय भन्दा धेरै छ ।








प्रतिक्रिया