प्रदेश

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु



२५ वैशाख, काठमाडौं ।

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते अस्पतालमा भर्ना भएका थिए ।

यस्तै बाँकेको जानकी गाउँपालिका–३ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार बिहान १०ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई २३ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–२ का ७४ वर्षीय पुरुषको शनिबार बिहान १०ः३० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६