जीवनशैली

कपिलवस्तुमा ९ सय सकृय संक्रमित,मृतकको संख्या ?



कपिलवस्तु २५ बैशाख । कपिलवस्तुमा शनिबार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै सकृय संक्रमितको संख्या  ८ सय ९१ पुगेकोछ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार एन्टिजेन र पिसीआरबाट जाँच गरिएका मध्ये थप ६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज (शनिबार) कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।

 जिल्लाको बुद्धभूमि नगरपालिका २ निवासी ४४ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तु कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । 

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६