प्रदेश

अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समै गयो ज्यान



वैशाख २६, सल्यान — 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिरामीलाई भर्ना लिन नमानेपछि छत्रेश्वरी गाउँपालिका २ का ४९ वर्षीय पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । प्रतिष्ठानले भर्ना लिन नमानेपछि उपचारका लागि सल्यान फर्काउँदै गर्दा बाटोमै बिरामीको मृत्यु भएको हो । रुघाखोकी र ज्वरोबाट ग्रसित भएका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले उपचारका लागि प्रतिष्ठान पु¥याएका थिए । कोरोनाका बिरामीले बेड खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको मृतकका आफन्तले बताएका छन् ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६