प्रदेश

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, आपत्काल घोषणा



बैशाख २७, काठमाण्डौ – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।  

कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ । साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र अहिलेसम्म यसको मर्मतको काम चलिरहेको छ । आपत्काल घोषणा गरिएपछि अब यहाँबाट इन्धनको आपूर्ति पाइपलाइनको साटो सडक मार्गबाट हुन सक्छ । यस कारण इन्धनको मूल्य दुईदेखि तीन प्रतिशत बढ्ने जानकारहरुले बताएका छन् । यसलाई चाँडै नै समाधान नगरे यसको असर अझ व्यापक हुन सक्ने उनीहरुले बताएका छन् । 

विभिन्न सूत्रले यस र्‍यान्समवेअर आक्रमण डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् । यो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर झन्डै एक सय जीबी डाटा आफ्नो नियन्त्रणमा लिएका थिए । 

त्यसपछि त्यो समूहले ती डाटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए । साथै तिनले फिरौती वा र्‍यान्सम नतिरिए सबै डाटा इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएका छन् । कम्पनीले भने आफ्नो सेवा सुरु गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सम्पर्कमा रहेको जनाएको छ ।  

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६