प्रदेश

प्रदेश सरकारले पठाएका सिलिण्डर दाङ आइपुगे



दाङ, बैशाख २७ । 

लुम्बिनी प्रदेश सरकाले पठाएका अक्सिजनका सिलिण्डर दाङ आइपुगेका छन् । अक्सिजनको अभावमा कोरोनाका बिरामीको उपचारमा समस्या भइरहेको समयमा प्रदेश सरकारले पठाएका १ सय ४२ वटा सिलिण्डर दाङ आइपुगेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा प्रत्येक दिन बिरामीहरु ब्चाउन समस्या भइरहेको समयमा प्रदेश सरकारबाट प्राप्त भएका सिलिण्डरले उपचारमा सहजता थप्ने व्यवस्थापक ओलीले बताउनुभयो । ‘अक्सिजनको अभावमा बिरामी बचाउन गाह्रो भइरहेको थियो । बिरामीको चाप अत्यधिक थियो । अक्सिजन पुर्याउन सकिएको थिएन’, व्यवस्थापक ओलीले भन्नुभयो, ‘प्रदेश सरकारले पठाएका सिलिण्डरले उपचारमा सहजता थप्नेछ । सहयोगका लागि प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई धन्यवाद दिन चाहन्छु ।’

कोरोना विशेष अस्पतालमा दैनिक चार सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको भन्दै व्यवस्थापक ओलीले अस्पतालसँग ६५ वटा मात्रै सिलिण्डर भएकाले उपचारमा समस्या भइरहेको बताउनुभयो ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६