जीवनशैली

सेनाको हेलिकप्टरवाट सिलिण्डर रुपन्देही आउँदै



बुटवल २९ बैशाख । अक्सिजन आउन आधा घण्टा ढिला हुदा ५ जनाको ज्यान गएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा  हेलिकप्टरवाट अक्सिजन सिलिण्डर आजै राती सम्म पठाउने तयारी भएको छ । अक्स्जिन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउन लागिएको हो ।अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।

सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेको धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जनाएका छन् ।हेलिकप्टरबाट आउँदै गरेको अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न नगरप्रमुख भैरहवा स्थित बिमानस्थल बसेका छन् भने अस्पतथालबाट खालि भएका सिलिण्डरहरु बोको गाडीहरुपनि बिमानस्थल पुगेका छन् ।

‘एयरलिफ्ट मार्फत भरी अक्सिजन सिलण्डिरहरु मगाईएको छ ।’ नगर प्रमुख सुबेदीले भने ।एयरलिफ्ट मार्फत आएका भरी सिलिण्डरहरु पहिलो चरणमा धागो कारखाना र प्रादेशिक अस्पताल पुग्ने बथाईएको छ ।कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६