प्रदेश

आजपनि रुपन्देहीमा हेलिकप्टरवाटै अक्सिजन आउने



बुटवल ३०  बैशाख । अक्सिजनको अभावमा धेरैको ज्यान जान थालेपछि सेनाको हेलिकप्टरबाट बुधवार राती ४० सिलिण्डर अक्सिजनल्याईएको छ । यसैगरी आज विहिवार २ पटक गरी १०० सिलिण्डर थप ल्याउने ब्यवस्था मिलाइएको छ । लुम्विनीका मुख्य मन्त्री शंकर पोखरेलको पहल र अर्थमन्त्री विष्णु पौडेलको संयोजनमा ती सिलिण्डर आएको वताइएको छ । 

नेपाली सेनाको एमआई ७० हेलिकप्टरबाट ४० थान सिलिण्डर भैरहवा बिमानस्थलमा बुधवार राती आईपुगेको र अस्पतालमा तत्काल पुराइएको  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो रुपन्देहीको उत्पादनले थामेन त्यसैले तत्काल समस्या समाधानमा लागि ४० थान ल्याई पु¥याईएको छ ।ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भिम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईएको छ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

अहिले नेपाली सेनाले बा«राको सिमराबाट र चितवनबाट ४० थान सिलिण्डर ल्याईपु¥याएको र बिहिवार बिहान २ पटक गरी थप १ सयथान सिलिण्डर ल्याईपु¥याईने प्रमुख जिल्ला अधिकारी तामाङल बताए ।यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, बिराटनगर लगाएतका स्थानहरुमा खालि सिलिण्डर पठाईएको र ति सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उनले बताए ।

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६