अर्थ-वाणिज्य

कपिलवस्तु अस्पतालमा अव २ घण्टालाई मात्र अक्सिजन :आइसियूका १० सहित ४५ को जीवन संकटमा



कपिलवस्तु ३० बैशाख । कपिलवस्तु अस्पतालमा अव २ घण्टा अर्थात बीहिवार १२ वजे सम्मलाई मात्र अक्सिजन पुग्ने र त्यसपछि अक्सिजनको आपूर्ति नभएमा आइसियूका १० सहित ४५ को जीवन संकटमा पर्ने अस्पतालका मेसु डा किशोर बन्जाडेले वताउनु भएको छ । 

उहाले भन्नु भयो ग्यास दिदै आएको लुम्विनी अक्सिजन उद्योगमा समस्याका कारण उत्पादन हुन नसकेपछि रुपन्देहीमा हेलिकप्टरवाट ल्याइएको छ तर कपिलवस्तुमा कहावाट कसरी आउने हो कुनै टुंगो छैन । तैपनि कपिलवस्तुका सांसद बृजेश कुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको पहलमा रुपन्देहीमा रहेको शंकर अक्सिजन ग्यास उद्योगवाट ल्याउने गरी कुराकानी भएको डा बन्जाडेले वताउनु भएको छ ।

प्रजिअ चक्रपाणी पाण्डेले मैले मेरो तर्फवाट हरसंभव पहल गरेको छु रुपन्देहीको एउटा उद्योगले आज दिउसो सम्म पठाउन सक्ने संभावना छ । दाङका उद्योगमा पनि पहल गरेको छु तर समस्या अत्यन्तै भयाभह भएको छ उहाले भन्नु भयो । 

त्यो उद्योगवाट पहिलो लटमा उत्पादन हुने ३० सिलिण्डर ग्यास करिव ३  वजे सम्म कपिलवस्तु आउन सक्छ । त्यो बीचमा अक्सिजन अभावमा केहिले ज्यान गुमाउने स्थिती आउन सक्ने वताइएको छ । रुपन्देहीमा आएको संकट समाधान गर्न अर्थमन्त्री विष्णु पौडेल र मुख्य मन्त्री शंकर पोखरेलले गरेको पहलवाट हेलिकप्टरले सिलिण्डर ढुवानी गरेको छ । तर कपिलवस्तु अस्पतालमा  रहेका ४५ जनाको जीवन रक्षा गर्न उहाहरुले कुनै पहल गरेको अहिले सम्म जानकारी भएको छैन। 

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६